काठमाडौं ।ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोकी सात वर्षीया छोरी अर्पणा नुगो लिम्बू शुक्रबार साँझ माङ्हिम मन्दिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार बालिका हाङदेवामा बस्दै आएकी थिइन् र निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिर क्षेत्रबाट लडेको प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ । घटनापछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट…