काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौंस्थित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसा जाग्नुपर्ने धारणा व्यक्त गरे। उनले सोही सोचलाई व्यवहारमा उतार्न सम्पूर्ण सशस्त्र प्रहरीलाई सेवामुखी, जिम्मेवार र परिणाममुखी कार्यशैली अपनाउन निर्देशन…