काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशी जेलमा १ हजार १ सय ७१ जना नेपाली रहेको जनाएको छ । केही महिना अघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद सचिवालयले प्रकाशन गरेको हाे । जसमा ११ सय बढी नेपाली विदेशी जेलमा रहेको उल्लेख गरिएकाे छ। जसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको मन्त्रालयले जनाएकाेछ ।…