भादगाउँ । आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैं । यसपर्वलाई नेवार समुदायले मोहनी नखाः भन्छन् भने यो चाडलाई ठाउँ विशेषअनुसार दशैं, दुर्गापूजा, विजयादशमी र नवरात्रि पनि भन्ने गर्दछन् । महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको मोहनी लगाई आफ्नो वशमा पारी बध गरेका कारण नेवार समुदायमा दशैंलाई मोहनी नखाः भन्ने गरिएको…