सिन्धुली । सिन्धुलीको कमलामाई, गढतिर, कमलाखाेच र तीनपाटन क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले कमला र चदाहा नदीमा स्नान गरी सामूहिक रुपमा जनै धारण गरेका छन् । आज शुक्रबार श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि गढतिर क्षेत्रको कुशेश्वर दुम्जा, झागाभोली, ग्वालटार, ख्र्कोट क्षेत्रमा बसोबास गर्ने क्षेत्री, ब्राम्हणहरुले सुनकोशी नदीमा सामूहिक रुपमा स्नान गरी मन्त्रोच्चारण गरिएको जनै धारण…