काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजका बुवा बुद्धकृष्ण…