काठमाडौं । २०७२ सालको महाभूकम्पले भत्काएका महत्वपूर्ण सम्पदाहरुको अझैसम्म पुनर्निर्माण हुन सकेको छैन् । पुनर्निर्माण भइरहेका कतिपय सम्पदामा ठेकेदारको कमिसनको चक्कर, सरकार र दातृराष्ट्रले चासो दिन नसक्दा लथालिङ्ग अवस्थामा छन् । जसको ज्वलन्त उदारहण हो, जनबहालको सेतो मच्छिन्दनाथको मन्दिर । करुणाको प्रतिक करुणामय अर्थात सेतो मच्छिन्द्रनाथ । महायानी तथा वज्रयानी बौद्ध, शैव, नाथ, बैष्णव र…