काठमाडौं । नेपाली बृहत् शब्दकोश मा अक्षताको अर्थ लेखिएको छ- ‘चामलका सग्ला गेडा, देवपितृ कार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा ।’ यस्तै, जोखना आदिमा पनि अक्षता प्रयोग गरिन्छ । देव तथा पितृकार्य दुवैमा प्रयोग गरिने अक्षताको प्रयोग दशैंको टीकामा निर्विकल्प मानिन्छ । हिन्दू नेपालीहरूले अक्षतामा दही र रातो रङरअबीर मिसाएर तथा किरात…