म्याग्दी । महाशिवरात्रीको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । कोरोना संक्रमणको सन्त्रास कायमै रहेको बेलामा पनि भक्तजनहरुको भीडले गलेश्वरको रौनक बढेको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधनाका लागि देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो । बिहानदेखि नै…