बाराको गढीमाई ओझेलमा • Image Khabar Image Khabar


बाराको गढीमाई ओझेलमा


Imagekhabar
२१ बैशाख २०७८, मंगलवार १०:२६

बाराको गढीमाई ओझेलमा

बारा । बाराको गढीमाई मन्दिर क्षेत्र ओझेलमा परेको छ । धार्मिक पर्यटनको मुख्य आधार भएपनि गढीमाई क्षेत्र विकासको दृष्टीकोणले पछाडि परेको हो ।

संघीय सरकारले घोषणा गरेको वृहत गढीमाई गुरुयोजना, प्रदेश सरकारको प्रादेशिक महत्वका धार्मिक, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय सरकारको वार्षिक योजनासमेत कागजमै सीमित भएको छ ।

प्रदेश सरकारको सहयोगमा गढीमाइमा ७ करोड ६० लाख रुपैयाँको विवाह मण्डप र धर्मशाला निर्माण गर्ने योजना शिल्यान्यास गरेसँगै त्यसै थन्किएको छ ।

भारत र नेपालकै बारा, पर्साबाट गढीमाई आउने दर्शनार्थीहरुको संख्या बढेपनि व्यवस्थापनमा सुधार हुन सकेको छैन ।

मन्दिरबाहेक अन्य पर्यटकीय पूर्वाधार नहुँदा तिर्थालु र पर्यटक पुजापाठ लगतै फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्