झापा । दक्षिणी झापाको बाह्रदशी गाउँपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान सञ्चालन गर्ने भएको छ । ‘बालबालिकालाई विद्यालय झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ भन्दै गाउँपालिकाले घर–घरमा बाल शिक्षा चेतना अभियान सञ्चालन गर्न लागेको हो । प्रदेशिक संरचना अनुसार शिक्षाको अधिकार स्थानीय तहमा पुगे पनि अझै पनि झापामा १० प्रतिशत बालबालिका विद्यालयबाट टाढै छन् ।…