काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पुर्याउन नसक्ने गैरजिम्मेवार र असक्षमता भएको बताउनुभयो । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले ज्ञान आर्जन गर्ने पाठ्यपुस्तक नै विद्यालयहरुमा समयमा दिन नसक्नु सरकारको असक्षमता देखाएको बताउनुभयो । श्रेष्ठले सरकारले नीति तथा कार्यक्रम र बजेटबाट शिक्षालाई उच्च प्राथमिकता…