कागज अभाव र निर्वाचनका कारण पाठ्यपुस्तक पुर्‍याउन सकिएन : मन्त्री पौडेल « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


कागज अभाव र निर्वाचनका कारण पाठ्यपुस्तक पुर्‍याउन सकिएन : मन्त्री पौडेल


156
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा स्थानीय निर्वाचन मतपत्र छपाई भएकाले पुस्तक छपाईमा ढिला भएको जिकिर गर्नुभयो ।

मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायीहरु र सरकारी डाटासमेत हेरेर पुस्तक वितरण गरिरहेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न ५ हजार नयाँ दरबन्दी थप्ने तयारी भएपनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताउनुभयो । मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दीको काम तीब्र रुपमा भइरहेको बताउनुभयो ।