काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग विगतमा भएका सम्झौताअनुसार छिटो आउनुपर्ने बताएको छ । देशभरका शिक्षकहरुले काठमाडौंमा अहिले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । सरकारले संसदको हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने भनेपनि पारित नगरी अधिवेशन अन्त्य गरेको छ । शिक्षकहरुको आन्दोलनसँगै नेपाली काँग्रेसले शिक्षक…