काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमको अन्तिम शैक्षिक सत्र भएकाले पुरानै लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि…