काठमाडौं । लामो समयदेखि समाधान नभएको आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले प्रक्रिया थालेको छ । विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रियाको सुरुवात तथा स्थायी प्राध्यापक नियुक्तिका लागि विज्ञापन खुलाएको हो । विश्वविद्यालय सेवा आयोगले स्थायी सेवाको लागि प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदमा आवेदन खुलाएको हो । १४ जना प्राध्यापक, २४ जना सह–प्राध्यापक र…