अछाम । मंगलसेन नगरपालिका–११ जुपु वलडाँडास्थित कालिका माध्यामिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा एक्कासी भाइरल ज्वरोको प्रकोप देखिए पछि विद्यालयको पठनपाठन फागुन २१ गते सम्मका लागि बन्द गरिएको हो । करिब १ हप्तादेखि दैनिक शिक्षक र विद्यार्थीलाई ज्वरो आउने, पेट दुख्ने, बान्ता आउने, टाउको दुख्ने लगायत लक्षण देखिएको थियो…