सन्तोष राउतसोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले कक्षा ५ का लागि नगरपालिकास्तरीय पाठ्यक्रम तयार गरेको छ । सोलुखुम्बु बहुमूखी क्याम्पसका प्रमुख तथा पाठ्यक्रम निर्माण समितिका संयोजक उद्धवकुमार शर्माले साझा स्थानीय पाठ्यक्रम तयार पारेर नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पालाई हस्तान्तरण गर्नुभएको हो । पाठ्यक्रमलाई यही शैक्षिक सत्रदेखि लागू गर्ने नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नीति…