Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


चोरी भएका ४१ दुईपाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौँ ।काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ ओटा मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर धनीलाई बुझाइएका हुन्। निवेदनका आधारमा गरिएको खोजतलासमा केही सवारी वास्तविक नम्बर प्लेटसहित…