काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सँगको सहकार्यमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सुरु हुने भएको छ । नेपाल उसु महासंघको आयोजनामा हुने यो पाँच दिने महत्वपूर्ण प्रशिक्षण मंसिर २१ गते आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा मंसिर २५ गतेसम्म चल्ने…