काठमाडाैं। भारतकाे उत्तर प्रदेशको बलरामपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जना नेपालीसहित ३ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी २४ जना यात्रु गम्भीर घाइते भएकाे जनाइएको हाे। साेमबार राति करिब २ बजे बुटवलबाट नेपाली यात्रु लिएर गएको बस बलरामपुरमा दुर्घटनामा परेको हो। बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रु रहेका थिए।…