काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताउनुभएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको…