लुम्बिनी, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिनु नेपाल र नेपालीका लागि गौरव विषय भएको उल्लेख गर्नुभएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकतासहितको बज्रयान विहार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले बुद्धले लामो तपस्याबाट आर्जित ज्ञानमार्फत् विश्व समुदायलाई अमूल्य विचार दिएको पनि बताउनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न आह्वान गर्दै…