काठमाडौं । पाशुपत क्षेत्रको कैलाश पवित्र डाँडा हो । यही चउरमा लिच्छवीकालिन शिवलिगं यत्र, तत्र, सर्वत्र छरिएर रहेका छन् । पशुपति क्षेत्र विकास कोषको लापर्वाहीले विश्व सम्पदा सूचीमा सूचीकृत कैलाशडाँडा खेलकुद मैदानमा परिणत भएको छ । पाशुपत क्षेत्रको कैलाश डाँडा सनातन बैदिक र महायान तथा बज्रयान बौद्धहरुको आस्थाको केन्द्र हो । त्यसैले यो डाँडामा बैदिक…