काठमाडौं । काठमाडौंको ऐतिहासिक भास्करदेव संस्कारिता केशचन्द्र कृत परवर्त महाविहारमा संग्रहालय बनाउन लागेकोमा स्थानीय र संम्पदा प्रेमीले विरोध गरेका छन् ।
शुक्रबार इन्द्रचोकमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।
इतुंबहाःमा अमेरिकाको रुबिन म्युजियम फर आर्ट्सले भोलीदेखि औपचारीक रुपमा संग्रहालय खोल्न लागेको छ ।
नेपाल मण्डलका बौद्ध विहारहरु आफैंमा एक जीवित संग्रहालय भएको कारण विदेशीलाई विहार भित्रै संग्रहालय खोल्न दिदा मौलिक सांस्कृतिक सम्पदामा गम्भिर असर पुग्ने उनीहरुको आरोप छ । रुबिन म्युजियमले २० हजार अमेरिकी डलर सहयोगमा इतुंबहाः महाविहारमा संग्रहालय खोल्न लागेको हो ।
अभियन्ताहरुले शनिबार संग्रहालय उद्घाटन कार्यक्रम रोक्ने समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्