काठमाडौं । धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रुपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । तुलसी सनातन धर्मावलम्बीका लागि ज्यादै महत्त्वपूर्ण वनस्पति हो । हरिशयनी एकादशीका दिन आँगनमा रोपेर चतुर्मासभर पूजा गरिन्छ। चार महिनापछि हरिबोधिनी एकादशीको दिन विवाह गरेपछि तुलसीको पूजा अनुष्ठान पूरा हुन्छ।…