ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरदर्शनार्थीका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ संक्रमणका कारण विगत ५ महिनादेखि बन्द पाथीभरा मन्दिर आगामी असोज १ गतेदेखि खुला गर्न लागिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार महामारीको प्रभाव न्यून हुँदै गएको र दर्शनार्थी आउने समय सिजनउसमेत सुरु भएकाले मन्दिर खुला…