Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ। गोठाटार क्षेत्रलगायतमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षा जोखिममा परेको भन्दै विमानस्थल बन्द गर्न लागिएको हो।

कलंकीमा गोली चल्यो

काठमाडौं ।कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको

भैसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीलाई हेलिकाेप्टरद्वारा सुरक्षित स्थानतर्फ लगिँदै

काठमाडौं । भैसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरुलाई हेलिकाेप्टरमार्फत एयर लिफ्ट गरिएको छ । अहिले त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड

नेपाली कांग्रेस कार्यालयमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका छन्

रास्वपाको आकस्मिक बैठक, सांसदबाट सामूहिक राजीनामाको तयारी

काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले रातोपाटीलाई बताए । जेनजी आन्दोलन

प्रदर्शनकारीले गरे एमाले कार्यालय आगजनी

काठमाडौँ । ललितपुरको च्यासस्थित नेकपा एमालेको पार्टी कार्यालय प्रदर्शनकारीले कब्जा गरेका छन्। उनीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। मंगलबार ठूलो संख्यामा गएका प्रदर्शनकारीहरु पार्टी कार्यालयभित्र प्रवेश गरका थिए

प्रधानमन्त्री ओली निवासमा गोली चल्यो, तीन जना घाइते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चल्यो तीन जना घाइते भएका छन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि

रमेश लेखकको घरमा आगजनी

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा.आरजु राणा देउवाको घरमा आगजनी भएकाे छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

कांग्रेस सभापति देउवाको निवास तोडफोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता