कर्णाली प्रदेश प्रहरी कार्यालयले अघिल्ला बर्षको तुलनामा चार गुणा बढि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।
विश्वकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलोम्बियाका लागु औषध तस्कर ‘आटोनियल’ पक्राउ परेका छन् ।
नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
अबिरल वर्षाका कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ ।
आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस । यसै अवसरमा नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा विशेष कार्यक्रम आयोजन गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।
एजेन्सी । टर्कीले नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने भएको छ । राष्ट्रपति