
इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत् वनरक्षक सीताराम थारु ३० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् ।
थारुलाई बेदको छुटपुर्जी म्याद थप गर्ने विषयमा सेवाग्राहीसँग घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्