
अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ ।
नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपनको समस्या रहेको छ । जसमा ५० वर्ष उमेर कटेका २ दशमलव ५ प्रतिशत दृष्टिविहिन रहेको तथ्यांक छ ।
मोतिविन्दु, जलविन्दु, थाइराइड, उच्च रक्तचाप र मधुमेहका कारण आखाँमा समस्या देखिने आखाँ रोग विषेशज्ञहरु बताउँछन् ।
मोतिविन्दुबाट ६५ प्रतिशत मानिस प्रभावित रहेका छन् भने आखाँको पर्दाजन्य रोगवाट ९ प्रतिशत मानिस प्रभावित छन् ।
यस्तै आखाँको नानीमा हुने अन्धोपनका कारण ६ प्रतिशत मानिस प्रभावित छन् भने दृष्टिदोषका कारण ४ प्रतिशत मानिस प्रभावित रहेको राष्ट्रिय तथ्यांक रहेको छ ।
यसैबीच नमस्ते आई सेन्टर र युवा नेत्र सेवा सेन्टर प्रालिले आज काठमाडौंमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेका छन् ।
शिविरमा आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
शिवरमा करिब ३५ जनाले आँखा परिक्षण गराएको र केहीको शल्यक्रियासमेत गरेको युवा नेत्र सेवा केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्