२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दक्षिण एसियाली गणित विज्ञान क्षेत्रका महिलाको सम्मेलन राजधानीमा सुरु


0
Shares

सम्मेलनको उद्घाटन गर्दै महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले गणित विज्ञानलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अहिले गणित विज्ञानको समय भएको भन्दै यसमा युवावर्गलाई आकर्षित गर्नुपर्ने बताइन् ।

नेपाल महिला गणित विज्ञान संघकी अध्यक्ष शान्ति बज्राचार्यले दक्षिण एसियामा गणित विज्ञानको क्षेत्रमा प्रगति गर्न दक्षिण एसियाली महिला एक ठाउँमा आउनुपर्ने बताइन् ।

एक–अर्का देशको प्रविधिको विकास र अनुभव आदान–प्रदानबाटै यस क्षेत्रको विकास गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा दक्षिण एसिया क्षेत्रका गणित विज्ञान विषयका प्राध्यापक सहभागी छन् ।

सम्मेलन चार दिनसम्म चल्नेछ ।