Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


हेटौंडा उपमहानगरद्वारा खाद्य प्रयोगशाला सञ्चालन


0
Shares

काठमाडौं, पुस २४ । नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले सोमबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उदघाटन गरेको खाद्य प्रयोगशालाले चारवटा खाद्यवस्तुको परीक्षण गर्ने जनाइएको छ । सुरुवातमा पानी, मासु, मिठाइ र तेलको परीक्षण गर्ने खाद्य परीक्षक एलिना न्यौपानेले बताइन् ।

उपमहानगरपालिकाले यी चार खाद्यवस्तुको बजारबाट नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्ने मेयर महतले बताए । –कान्तिपुर दैनिकबाट