गौचनको अन्त्येष्टि • Image Khabar Image Khabar


गौचनको अन्त्येष्टि


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार २०:१२

गौचनको अन्त्येष्टि

सोमबार अपराह्न नयाँबानेश्वरस्थित घरबाट निस्कनेक्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएको स्व. गौचनका काका ओमकारले जानकारी दिए ।

गौचनको हत्यारालाई चाँडो पत्ता लगाइ कारबाही गर्नुपर्ने, उनलाई सहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र परिवारले उनको शव बुझ्न नमानेकामा गृहमन्त्री जनार्दन शर्माले सहिद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गौचनको शव बिहीबार बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

उनको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए ।

यस्तै, गृहमन्त्री शर्मा, वन तथा भू–संरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसाललगायतले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

महासंघदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो ।

त्यस्तै, थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५०० मोटरसाइकलको यात्रा निकालिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्