१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एनआरएनएको अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा


0
Shares

संघका वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती गुरुङले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको आठौं विश्व सम्मेलन एवं महाधिवेशन आगामी शनिबारदेखि काठमाडौंमा हुँदैछ ।

संघले निर्माण गरिरहेका मेगा परियोजनालाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एन्ड बियोन्ड’लाई सफल कार्यान्वयन गर्ने योजना रहेको गुरुङले बताइन् ।

गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको पहिलो सूचीमासमेत रहेकी छन् ।

संघको नयाँ नेतृत्वका लागि यसअघि भवन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् ।