भियतनामको भीषण बाढीपहिरोमा परी ३७ जनाको मृत्यु, ४० बेपत्ता • Image Khabar Image Khabar


भियतनामको भीषण बाढीपहिरोमा परी ३७ जनाको मृत्यु, ४० बेपत्ता


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार २०:५९

भियतनामको भीषण बाढीपहिरोमा परी ३७ जनाको मृत्यु, ४० बेपत्ता

३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका भियतनाम अधिकारीहरुले बताएका छन् ।

टुओइ ट्रे’ पत्रिकाले जनाएअनुसार भियतनामको मध्य क्षेत्रमा रहेको एक पुल भत्कंदा समाचार संकलनका लागि खटिएका भियतनाम समाचार संस्थाका स्थानीय सन्चारकर्मीहरु समेत परेकोे छ ।
एक स्थानीय वासिन्दा येन बाइले ‘टुओइ ट्रे’ पत्रिकालाई आफ्नै आँखा अगाडी छोरालाई बगाउँदा उद्दार गर्न नसकेको बताए ।

उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । बाढी पहिरोका कारण बिद्यालय र कलेजहरु बन्द गरिएका छन् भने बिजुली आपूर्ती बन्द हुँदा हजारौं सर्वसाधारण अध्याँरोमा बस्न बाध्य भएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्