
विषाक्त खानाका कारण बिरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको बिहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम बिरामी हुन थालेका थिए ।
खाजा खानेबित्तिकै आफूहरुलाई पेट दुख्ने, असजिलो महसुस हुने, बान्ता हुनेलगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् । बिरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाइ छ ।
झन्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो । बिहानको खाना खाएपछि उनीहरु बिरामी भएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्