
कविराज घिमिर/ ईमेज
धनकुटा, असार १७ । आर्थिक वर्ष सकिन लाग्दा धनकुटामा पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ ।
विगतमा जस्तै यो आर्थिक वर्षमा पनि अन्तिम चरणमा आएर मात्र पूर्वाधार निर्माणको कामले तिव्रता पाएको हो ।
धनकुटाको गाँउदेखि सहरसम्म यतिबेला पूर्वाधार निर्माणको काम गर्न भ्याइनभ्याइ छ । आर्थिक बर्ष बित्न लाग्दा सातै स्थानीय तहमा पुर्बाधार निर्माणको कामले आर्थिक बर्षको अन्त्यमा तिब्रता पाएको हो ।
आर्थिक बर्षको अन्त्यमा सबै योजना सम्पन्न गनै पर्ने भएपछि रकम फ्रिज हुने डरले धमाधम बिकास निर्माणका काम हुन थालेका हुन् ।
यो बर्ष जिल्लाका सात स्थानीय तहमा स्थानीय तह मार्फत साना ठुला गरि प्रति स्थानिय तह २ सय ५० भन्दा बढी योजना संचालनमा छन् ।
नयाँ संरचना अनुरुप साना र मझौला प्रकारका योजना सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाए पनि सो समयमै सञ्चालन गर्न नसेकेको गुनासो स्थानीयको छ ।
पहिले देखिनै आर्थिक बर्षको अन्त्य तिर योजना सञ्चालन गर्ने परम्परा तथा स्थानीय तह सम्बन्धि नियम कानुन समयमै बन्न नसक्दा पुरानै शैली परिवर्तन हुन नसकेको स्थानीयबासिन्दा सोभिस चेम्जोङ्ग बताउँछन् ।
स्थानीय स्तरमा पुर्बाधार अन्तर्गत सडक, खानेपानी ट्याङ्की मर्मत, पाइप विस्तार, गुम्वा निर्माणलगायतका योजना बढि मात्रामा पर्ने गरेका छन् । यी योजना संचालन हुँदा तिन पटक सम्म प्राबिधिक योजना स्थलमा पुग्नु पर्ने हुन्छ ।
योजना बढि र प्राबिधिक थोरै भएकाले पनि योजना सञ्चालनमा कठिनाइ भएको हो ।
बिभिन्न समस्यै समस्याकाबीच स्थानीय तहबाट सञ्चालन गरिएका साना र मझौला प्रकारका योजना भने सम्पन्न भइसकेका स्थानीय तहहरुले जनाएका छन् ।
तर ठुला योजना भने प्राबिधिक समस्याका कारण तथा ठेकेदार कम्पनीले ढिला गरिदिएको धनकुटा नगरपालिकाका प्रबक्ता जमसेर राईले जानकारी दिए ।
आर्थिक बर्षको अन्त्यमा हतारै हतारमा गरिने काम गुणस्तर नहुने स्थानीयको गुनासो छ ।
आर्थिक बर्षको अन्त्यमा गरिने काम गुणस्तर भन्दा पनि काम सक्न बढि हतार हुन नसक्ने धनकुटाको साँघुरीगढी गाँउपालिका बडा नम्बर चारका स्थानीय बासिन्दा चन्द्र सिहं नेम्वाङ्गको भनाइ छ ।
नयाँ संरचना र जनप्रतिनिधि आएपछि पुरानो शैली हट्ला भन्ने आशा स्थानीयले गरेका थिए ।
तर पुरानै शैलीमा आर्थिक बर्षको अन्त्य तिरमात्र योजना संचालन भएपछि बिकास गुणस्तरिय होला भन्ने कुरामा स्थानियबासिन्दा ढुक्क हुन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्