प्रदेश नम्बर–१ को राजधानी धनकुटा माग गर्दै धनकुटावासी आन्दोलित • Image Khabar Image Khabar


प्रदेश नम्बर–१ को राजधानी धनकुटा माग गर्दै धनकुटावासी आन्दोलित


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १६:४२

प्रदेश नम्बर–१ को राजधानी धनकुटा माग गर्दै धनकुटावासी आन्दोलित

प्रदेश नम्बर–१ को मध्यभागमा रहेको धनकुटा भौगोलिक क्षेत्र र पूर्वाधारको हिसाबले राजधानी बनाउन उपयुक्त रहेपनि धनकुटालाई बेवास्ता गरिएको भन्दै जिल्लावासी आन्दोलित बनेका हुन् ।

यसैक्रममा शुक्रबार जिल्ला प्रशासन कार्यालय र पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

आन्दोलनका थप कार्यक्रम शनिबार (भोलि) घोषणा गरिने धनकुटाबजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले जानकारी दिए ।

धनकुटामा ३९१ ओटा सरकारी भवन, सहरी विकासका नाममा करिब ३०० रोपनी जग्गा, विद्युत् प्राधिकरणका दुई र धनकुटा नगरपालिकाको स्वामित्वमा ४८ हजार ६३५ रोपनी सार्वजनिक जग्गा रहेकाले पनि धनकुटा प्रदेश राजधानी बन्न उपयुक्त स्थान हुने स्थानीयको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्