दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कको सजायँ थप गर्न अदालतको आदेश • Image Khabar Image Khabar


दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कको सजायँ थप गर्न अदालतको आदेश


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १९:०१

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कको सजायँ थप गर्न अदालतको आदेश

अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजायँ भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजायँलाई थप ६ महिना बढाउने आदेश दिएको हो ।

कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधी काम गरेकोे ठहर गर्दै पार्क माथिको महाभियोगलाई अनुमोदन गर्दै यही वर्ष मार्च महिनाको अन्त्यमा ६ महिनाका लागि हिरासतमा लिइएको थियो ।

सोलको केन्द्रिय जिल्ला अदालतले पार्कलाई थप अनुसन्धानका लागि अर्को ६ महिना हिरासतमा लिन शुक्रबार पक्राउ आदेश जारी गरेको छ ।

पार्क र उनका लामो समयदेखि निकट सहयोगी रहेका चोई सुन सिललाई पनि भ्रष्टाचार प्रकरणमा नियन्त्रणमा लिइएको थियो ।

यस पहिलेको अदालतको निर्णयअनुसार पार्क आगामी सोमबार कैदमुक्त हुने थिए ।

दक्षिण कोरियाली संविधानअनुसार कुनै अपराधको शंका गरिएका व्यक्तिलाई अधिकतम ६ महिना हिरासतमा राखी अनुसन्धान अगाडी बढाउन पाइन्छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्