Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


दार्जिलिङमा गोली हानाहान, गोर्खालीले हानेको गोली लागेर प्रहरीको मृत्यु


0
Shares

उक्त घटनामा धेरै प्रहरी तथा गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेका दल गोर्खा जनमुक्ती मोर्चा का नेता तथा कार्यकर्ता घाइते भएको प्रहरीको अनुमान छ ।

केही महिनादेखि लुकेर बसेका गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेका दल गोर्खा जनमुक्ती मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको पश्चिम बंगाल प्रहरीका अतिरिक्त महानिर्देशक अनुप शर्माले जनाए ।

१ सय ४ दिनसम्म बन्द रहेर दशैंको केही दिनअघि खुलेको दार्जिलिङमा शुक्रबार पुन हिंसा भड्किंदा एक जना पुलिस अधिकारी बंगाल प्रहरीका असिस्टेन सब इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको पश्चिम बंगाल प्रहरीका कानुन तथा व्यवस्था हेर्ने अतिरिक्त महानिर्देशक अनुज शर्माले जानकारी दिए ।-अन्नपूर्ण पोष्ट दैनिकबाट