२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नयाँ मन्त्रीहरुको सपथग्रहण अन्योलमा, राष्ट्रपतिको भूमिका कस्तो रहला ?


0
Shares

प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जनालाई मन्त्री र चार जनालाई राज्यमन्त्रीमा नियुक्त गरेकोमा निर्वाचन आयोगले आपत्ति जनाएपछि सपथ ग्रहण अन्योलमा परेको हो ।

मन्त्रीहरुको सपथ ग्रहणका लागि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष समय माग गर्दै पत्र पठाएको थियो ।

तर राष्ट्रपति कार्यालयले मन्त्रीहरुको सपथ गराउने समय दिएको छैन ।

निर्वाचन आचारसंहिता जारी भइसकेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेकोमा निर्वाचन आयोग असन्तुष्ट रहेकाले आयोगसँग छलफल गरेर मात्र शपथ ग्रहणको समय तय गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।

राष्ट्रपति भण्डारीसँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव शितल निवास जाँदै छन् ।

उनीसँगको भेटपछि मात्र शपथको समय तय हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् छैटौं पटक विस्तार गर्ने निर्णय गरेका हुन् ।