२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंमा हवाइजहाजसम्बन्धी अन्तर्राष्ट्रिय पाठ्यक्रम सञ्चालित


0
Shares

कलेजले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त विमानसम्बन्धी प्राविधिक विषय अध्ययनअध्यापन गर्न थालेको हो । बेलायतको सिटी एण्ड गिल्डस प्राविधिक शिक्षालयको सम्बन्धनमा कलेजले जहाजभित्रको व्यवस्थापक (एयर क्याबिन क्य्रु) र विमानस्थल व्यवस्थापक (एयरपोर्ट ग्राउण्ड ह्याण्डलिङ) सम्बन्धी अध्ययन सञ्चालन गरेको कलेजका प्रबन्ध निर्देशक राकेश सञ्जेलले बताए ।

अन्यले तालीम केन्द्रका रुपमा प्रयोगात्मक गराए पनि कलेजले भने ६ महिनाको कक्षा नै सञ्चालन गरेर उक्त प्राविधिक विषय पढाउन थालेको जिकिर उनले गरे । ‘कक्षासहित तालीम दिएर हामीले उक्त कोर्ष पढाउन थालेका हौँ,’ उनले भने, ‘पढेपछि विद्यार्थीले बेरोजगार बस्नुपर्दैन ।’

विदेशमा यही पाठ्यक्रममा रु पाँच लाखसम्म खर्च लागे पनि कलेजले करिब रु एक लाख ६० हजारमा विद्यार्थीलाई पढाउने गर्छ ।

दश जोड दुई सकेर पढ्न सकिने उक्त अध्ययन गरिसकेपछि विद्यार्थीले हवाइजहाज चल्दा भित्री र विमानस्थलको बाहिरी व्यवस्थापन गर्ने छन् । नेपालमा हवाइजहाजसम्बन्धी परिचालिकाको मात्र तालीम हुने भएकाले यो पाठ्यक्रम नयाँ रहेको छ । (रासस)