
‘राहुल कहिले पार्टीको प्रमुख बन्नुहुन्छ भनेर तपाँईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछन्,’ सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भनिन् ।
उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिएकी हुन् ।
सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरिन् भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ ।
राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष रहेका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्