२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


फिल्मी शैलीमा चिट चोरी, चार परीक्षार्थीसहित १४ जना पक्राउ


0
Shares

जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै गरेका उनले परिवारसंग खुसी बाँड्न भने पाएनन् ।

उनी तीनकुनेबाट सीधै टुकमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याईए ।

बौद्धको अरुणीमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिहंकै झै भयो ।

यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी झैं भयो । परीक्षा दिएर उनीहरु घर हैन, प्रहरी कार्यालय पुगे । उनीहरुसँगै अर्का परिक्षार्थी सक्षमराज भण्डारी पनि थपिए ।

केहीबेरमै ज्ञानेन्द्र ठाकुर थपिए, जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबिबिएस पढ्दै थिए ।

त्यसलगत्तै सन्जयकुमार यादब, हिरेन्द्र शर्मा, अजयकुमार यादब, आशुतोषकुमार झा र शैलेसकुमार झासमेत थपिए ।

यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ बर्षअगाडी भारतमा डाक्टर बन्न लालायित एक डुन्डामा आधारित फिल्म बनेको थियो मुन्नाभाई एमबिबिएस ।

निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पुरा गर्न आपराधिक गतिविधिमा लागको एक ब्यक्ति मुन्नाभाईले अपनाएको उपायमा आधारित छ ।

त्यस्तै शनिवार पक्राउमा परेको सबले मुन्नाभाई फिल्मको शैलीमा चिट चोर्ने चोराउने गरेका थिए । नागरिक दैनिकबाट