सोमालियामा शृङ्खलाबद्ध विस्फोट, ३० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते • Image Khabar Image Khabar


सोमालियामा शृङ्खलाबद्ध विस्फोट, ३० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते


Imagekhabar
२९ आश्विन २०७४, आईतवार ०८:०१

सोमालियामा शृङ्खलाबद्ध विस्फोट, ३० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

मोगादिसुस्थित एक होटलको प्रवेशद्वारमा पहिलो बिस्फोट भएको थियो भने दोस्रो बिस्फोट मोगादिसुकै भीडभाड इलाकामा भएको हो ।

बिस्फोटमा सय भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

बिस्फोटक पदार्थले भरिएको ट्रक भीडभाडमा चलाइँदा बिस्फोट भएको अधिकारीहरुले बताएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । बिस्फोटका कारण होटेल पूर्ण रुपमा ध्वस्त भएको छ भने बिस्फोटले बजारका पसलहरुमा पनि ठूलो क्षति पुगेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्