बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु • Image Khabar Image Khabar


बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु


Imagekhabar
२९ आश्विन २०७४, आईतवार १०:०६

बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु

मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्