Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


आइएसविरुद्ध युद्धमा होमिएका भाडाका सेना ‘कुमारी कन्या’ खरिद गर्दै


0
Shares

हालै रुसी सेनाका पूर्व सदस्यले यस्तो कार्यको खुलासा गरेका हुन् । उनका अनुसार शारीरिक सम्बन्ध राख्नकै लागि कुमारी कन्या खरिद गरेर नीजि रुपमा राख्न थालिएको हो ।

एक कन्या खरिद गर्नका लागि ७५ पाउन्डमात्र खर्च गर्नुपर्ने उनको भनाइ छ । यसरी खरिद गरिएकी कन्यालाई पत्नीसरह राख्न पाइने उनले बताए ।

सर्जी नाम गरेका ती सैनिकले जनाएअनुसार सिरियामा आराम र मनोरञ्जनका लागि रुसी लडाकुले कुमारी कन्या खरिद गर्दै आएका हुन् । ७५ पाउन्ड खर्च गरेपछि एक वर्षसम्म ती कन्याले उक्त सैनिकसँग पत्नीसरह बस्ने गरेको बताइन्छ ।
सर्जी चार वर्षसम्म भाडाको सैनिकका रुपमा युक्रेनमा रहे । त्यसपछि उनलाई सिरिया पठाइयो ।

उनका अनुसार भाडाको सेनाको कुनै अस्तित्व हुँदैन । उनीहरुलाई नियमित सैनिकसँग भेटघाट गर्न समेत दिइदैंन । ‘यसरी बस्दा कहिलेकाहीँ दिक्क लाग्छ,’ उनले भने, ‘तर हामी रमाइलोका लागि एउटा पत्नी खरिद गर्न सक्छौं, ‘राम्रो परिवारको कुमारी कन्या थोरै रकममा पनि प्राप्त गर्न सकिन्छ ।’

उनका अनुसार बहादुरीका लागि आफ्नो मुलुकका तर्फबाट कुनै पुरस्कार समेत प्राप्त हुँदैन । उनले भने, ‘युद्धमा मृत्यु भएको अवस्थामा घरमा शवसमेत पुग्दैन । किनकि शव लैजान निकै महँगो पर्दछ ।’

एउटा आइएस लडाकुलाई मारेको खण्डमा एक हजार डलर पुरस्कार पाइने उनले बताए ।

रुसले भने सिरियामा आफ्नो मुलुकका लडाकु रहेको अस्वीकार गर्दै आएको छ । (एजेन्सी)