२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


करेन्ट लागेर सासू–बुहारीको मृत्यु


0
Shares

वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

उनले दीपावलीका लागि घर सरसफाइ गर्नेक्रममा चापाकलमा पानी लिन गएकी कान्ति देवीले मोटर चलिरहेका बेला चापाकल चलाउँदा करेन्ट लागेर उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवीसमेतलाई करेन्ट लागेको बताए ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगन्जको भेडियाहीस्थित नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवैजनाको मृत्यु भएको नायब उपरीक्षक शाहीले जानकारी दिए ।

मृतक दुवैको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस