
मृत्यु हुनेमा थुमुवा गाउँका १७ बर्षे सुरेश भुज छन् । बत्ती गएको समयमा गएराति मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज बेरिएको प्रहरीले जनाएको छ ।
केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उत्पादन गर्ने सो उद्योगमा करिब १ सय २० जना कामदार छन् ।
घटनापछि उद्योगका म्यानेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारी फरार भएका छन ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्